इटहरी/उनी घरको ठेगाना सञ्चार माध्यममा सार्वजनिक गर्न चाहँदैनन् । भर सक आफ्नो नाम पनि सञ्चार माध्यममा अहिलेनै नआए हुन्थ्यो भन्ने ठान्छन् । किन भने उनका बुबा आमा र आफन्तमाझ उनी भाारतको वैङ्लोरमा इलेक्ट्रीक इन्जिनियर पढ्दै छ भनेर ढुक्क छन् । जहाज र रकेट सम्वन्धी कोर्षको अध्ययनका लागि उनी घरबाट विदा भएर भातरतको वैङ्लोर हिडेको चार महिना भयो । banlor तीन लाख रुपैयाँ एजेन्टलाई बुझाएर काठमाडौं हुँदै बैङ्लोर हिडेको ती युवाको हातमा यतिवेला न आफुले पास नेपालमा पढेको सक्कली प्रमाणपत्र नै छ । नत उनी कुनै कलेजमा भर्नानै भए । उल्टै उनको जीउ घटेको छ । ‘भर सक परिवारले थाहा नपाई उतैको कुनै कलेजमा भर्ना भएर पढ्ने योजनामा छु’ वैङ्लोर पढाउन लैजाने एजेन्टसँगको छलफलमा शनिबार इलाका प्रहरी कार्यालय इटहरीमा भेटिएका ती युवाले भने ‘मेरो हालत घर परिवारले थाहा पाए भने साह्रै नराम्रो हुन्छ ।’ एजेन्ट मध्येकै एक व्यक्तीको सम्पर्कमा उनको भनाई भारतको चेन्नाईमा गर्ने तयारी गरिएको छ । तर, विद्यार्थीका अभिभावकले बुझाएको तीन लाख रुपैयाँ फिर्ता गराउने विषय प्रहरीसँगको छलफलमा केन्द्र विन्दु भएको छ ।क्याम्व्रीज स्टुडेन्ट हेल्प सेन्टर प्रालि मार्फत अध्ययनका लागि वैङ्लोर गएका ती युवाको भर्ना नहुनुमा यहाँको सिर्टिफिकेटमा आवश्यक प्रतिशत नभएकोे प्रहरी नियन्त्रणमा रहेका क्याम्व्रीजका सञ्चालक रसिद खान बताउँछन् । तर, कम प्रतिशत ल्याउने विद्यार्थीको सो विषयमा भर्ना हुँदैन भन्ने कुरा त तपाईलाई पहिलेनै थाहा थियो नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनी नाजावाफ छन् । पाँच सय भन्दा बढी विद्यार्थी भारत पठाएको र विगत सात वर्षदेखि निरन्तर शैक्षिक क्षेत्रमा सक्रिय रहेको विज्ञापन गर्ने क्याम्व्रीज स्टुडेन्ट हेल्प सेन्टर प्रालिका सञ्चालकको आपसी झमेलका कारण भारत पढ्न गएका विद्यार्थीको भविष्य अन्योलमा छ । विद्यार्थीका अभिभावकले कलेज र छात्रावासमा लाग्ने पैसा एजेन्टलाई अग्रीम दिए पनि सो सम्पूर्ण रकम कलेजलाई नबुझाउँदा जहाँ जहाँ विद्यार्थी भर्ना भए ती कलेजकै विस्वसनीयता घटेको छ । पढ्न गएका विद्यार्थी पनि तनावमा रहेको स्वयम् सञ्चालकनै स्वीकार गर्छन् । क्याम्व्रीज स्टुडेन्ट हेल्प सैन्टरमैसँगै काम गर्ने पुष्प अधिकारी र खानको विषयमा विवाद भए पछि त्यसको सिकार विद्यार्थीमा परेको छ । लिएको पैसा कलेजलाई नबुझाउनु यति वेला विद्यार्थीको समस्या बनीरहेको छ । अधिकारीले प्रालि खानलाई कागज गरी जिम्मा दिएको बताए पनि खान भने विद्यार्थीका अभिभावकबाट लिएको पैसा अधिकारीलेनै लिएको बताउँछन् । तर, कलेजमा भर्ना नभएर जो विद्यार्थी नेपाल फर्किएका छन् उनको तीन लाख रुपैयाँ भने आफूले लिएको स्वयम् खान स्वीकार गर्छन् । एक वर्षमा खान र अधिकारी मिलेर नेपाली २९ जना विद्यार्थी भारतको वैङ्लोरमा पठाएको छलफलका क्रममा अधिकारीले बताए । कस्को पैसा कस्ले लियो भन्ने विषमया भने दुवैको फरक फरक भनाई छ । सस्तो र विना प्रवेश परिक्षा प्राविधिक कोर्ष गराउने सपना बोकेका केही अभिभावक एजेन्ट गलत प्रवृत्तीका कारण शिकार भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओमप्रसाद अधिकारीले भने पिडित पक्षबाट जाहेरी आए पछि कानुनी कारवाहीमा जाने बताए । सो प्रालिका सञ्चालकले अन्यत्र पनि रकम तिर्न बाँकी रहेको विषयमा पनि निवेदन आएकोले थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए ।