इनरुवा/पूर्वपश्चिम लोकमार्ग अन्र्तगत सुनसरीको लौकही बाट जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले आइतबार राति हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतीय बजारबाट हतियार लिएर नेपालतर्फ आइरहेका दुई जनालाई प्रहरीको गस्ती टोलीले हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका २१ हासँपोसा बस्ने अरविन्द्र चौधरी र छेदनलाल चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनीहरुको साथबाट इटालियन पेस्तोल र सोमा प्रयोग हुने म्याग्जीन बरामद भएको उनले जनाए ।
हतियारसहित पक्राउ परेका दुवै जना मोटरसाइकलमा भारतीय बजारबाट आइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चल्ने छ ।