धरान /गोर्खाबाट सुत्केरी लिएर काठमाण्डौका लागि उडेको फिस्टेल एयरको बिमान नुवाकोटमा दुर्घटना भएको सरकारी अधिकारीहरुले जनाएका छन् । विरामी लिएर उडेको नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर सोमबार दिउसो १२ बजेर ३६ मिनेट देखि सम्पर्क बिहीन भएको जनाईएको थियो ।

[caption id="attachment_9456" align="alignnone" width="762"]fishtail- फायल तस्विर[/caption]

नुवाकोटका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोख्रेलले नुवाकोटको मदानपुरको जङगलमा हेलिकप्टर दुर्घटना भएको पुष्टि गरेका छन् । तर हेलिकप्टर र यात्रुहरुको बारेमा अहिले सम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । दुर्घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोली प्रस्ताथ गरि सकेको पोख्रेलले बताए ।

हेलिकोप्टरमा एक चालकसहित ६ जना थिए । फिस्टेल एयरले दिएको जानकारीअनुसार नुवाकोट क्षेत्रमा आइपुगेपछि हेलिकोप्टर सम्पर्क्विहीन भएको थियो ।हेलिकोप्टर गोर्खाको सिलिमबाट दिउँसो १२ बजेर १० मिनेटमा उडेको थियो ।फिस्टेल एयरले उद्धारका लागि अर्को हेलिकप्टर पनि त्यस तर्फ पठाएको छ ।