[caption id="attachment_9468" align="alignnone" width="830"]fisteel पाइटल लिम्बुको फेसबुकबाट[/caption] धरान/नुवाकोटमा दुर्घटना भएको हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको पुष्टि भएको छ ।गोर्खाबाट सुत्केरी लिएर काठमाण्डौका लागि उडेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटको मदनपुर पाखुरे (बेतेनी)मा दुर्घटनाग्रस्त दुर्घटना भएको थियो । विरामी लिएर उडेको नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर सोमबार दिउसो १२ बजेर ३६ मिनेट देखि सम्पर्क बिहीन भएको जनाईएको थियो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोख्रेलले नुवाकोटको मदानपुरको जङगलमा हेलिकप्टर दुर्घटना भएको पुष्टि गरेका छन् । मृत्युहुनेहरु बर्ष ६० का –कितमान गुरुङ बर्ष ५६ कि –अज्ञानी गुरुङ बर्ष १९ कि –प्रिती गुरुङ (सुत्केरी) प्रितीको पाँच दिनको छोरा बर्ष २२ कि– निशा तामाङ (इटहरी) बर्ष ३६ कि –लक्ष्मि गुरुङ पाईलट –रञ्जन लिम्बु