[caption id="attachment_9468" align="alignnone" width="675"]fisteel पाइटल लिम्बुको फेसबुकबाट[/caption]

धरान/  गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका चार जना परेका छन् । नुवाकोटको मदनपुर पाखुरे (बेतेनी)मा उक्त हेलिकप्टर दुर्घटना भएकाे हाे । सो हेलिकप्टरमा गोरखाको सिर्दिवास – २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमति अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनीको पाँच दिनको नवजात शिशु सवार रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनए । नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमा काठमाडौँ लगिदै थियो । हेलिकप्टरमा सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार भएको भटटेले बताए ।  जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायातको असुविधा भएका कारण हेलिकप्टर चार्टर गरिएको बताइएको छ ।   हेलिकोप्टर सोमबार दिउसो १२ बजेर ३६ मिनेट देखि सम्पर्क बिहीन भएको जनाईएको थियो ।

मृत्युहुनेहरु बर्ष ६० का –कितमान गुरुङ बर्ष ५६ कि –अज्ञानी गुरुङ बर्ष १९ कि –प्रिती गुरुङ (सुत्केरी) प्रितीको पाँच दिनको छोरा बर्ष २२ कि– निशा तामाङ (इटहरी) बर्ष ३६ कि –लक्ष्मि गुरुङ पाईलट –रञ्जन लिम्बु