काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डलमा तीन सदस्य थपेका छन्। साना दुई दलबाट तीनजनालाई मन्त्री बनाएर उनले पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका हुन । एकीकरणको प्रकिया रहेको राप्रपाबाट दीपक बोहोरा र विक्रम पाण्डे मन्त्री भएका छन् भने नेकपा संयुक्तबाट जयदेव जोशी मन्त्री भएका छन् । तीनैजनाको मन्त्रालय अहिले तोकिएको छैन ।