गौरादह–१२ बस्ने २२ वर्षीय मिलन हस्दाको मङ्गलबार माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । माछा मार्न गएका मिलनलाई खोलामा थापेको धरापबाट अचानक करेन्ट लागेको थियो ।
गम्भीर घाइते भएका उनको उपचारका लागि लाइफलाइन अस्पताल, दमक ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।