बुटवल/बुटवलमा गए राति कालिकानगरमा भाडाका घरमा परिवारसँग बस्दै आएकी कमला न्यौपानेको रहस्यमय तरिकाले हत्या भएको छ ।
तिलोत्तमा नगरपालिका–१३ घर भई व्यापारको सिलसिलामा बुटवल–१३ स्थित थम्मनबहादुर क्षेत्रीका घरमा न्यौपानेको परिवार सात वर्षदेखि बस्दै आएको थियो । मृतकका पति बुटवलस्थित जेसिज चोकमा जुत्ताको थोक व्यापार गर्दै आएको तथा कमला ढिकुटीको कारोबार सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिए ।
उनका पति काठमाडाैं सामान लिन भएको र दुई सन्तान काठमाडौँमा बसी अध्ययन गर्दै आएकाले घरमा उनी मात्र एक्लै भएको मौका छोपेर हत्या गरिएको प्रहरीले जनाएको छ ।