फरार अभियुक्त पक्राउ
- साउन २९, २०७३
- ब्लाष्ट खबर
लहान/अपहरण तथा शरीर बन्धक मुद्दामा करिब दुई वर्ष अघि सिरहा जिल्ला अदालतबाट १२ वर्ष कैद तथा १० लाख रुपैया जरिवानाको सजाय पाएर फरार रहेका एक जनालाई शुकबार राति प्रहरीले पक्राउ गरेको छ ।
घर नजिकै लुकेर बसेको गोप्य सूचनाको आधारमा सिरहा बडहरामाल–७ निवासी ४४ वर्षीय ‘बद्री’ भन्ने अजवलाल यादलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए।
अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले यादवलाई दोषी ठहर गर्दै २०७१ भदौ २१ गते सो सजाय सुनाइएको थियो ।
भन्सार छलेको भाँडा नियन्त्रण प्रहरीले गए राति सिरहाको गोलबजारबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको भाँडाकुँडासहित एक भ्यानलाई नियन्त्रणमा लिएको छ ।
इप्रका गोलबजारबाट खटिएको गस्ती टोलीले भन्सार छलेर ल्याइएको पित्तलको ठूलो आरी २७ थान, प्लास्टिकको डिनर प्लेट र कचौरा आठ बोरा, तामाको जग ११ थान, सिल्भरको ठूलो भाँडा सात थान र तीन बोरा सुर्तीसहित ना १ ज ४२७८ नं को भ्यालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सामानसहित भ्यान र चालकलाई आवश्यक कारबाहीका लागि पूर्वाञ्चल क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने प्रहरीले जनाएको छ ।