hatyaपथरी  / मोरङको पथरी शनिश्चरे १० स्थित शनिश्चरे बजारमा छुरा प्रहार गरी एक युवतीको हत्या भएको छ । शनिबार साँझ पथरीशनिश्चरे ११ दोहलु शुक्रबारे घर भएको ३० बर्षीय दिलिप भनिने मानबहादुर घतानेले पथरीशनिश्चरे १० की समिक्षा कार्कीलाई छुरा हानी हत्या गरेको हो । शनिश्चरे चौकको भान्साघरको कोठामा चिया पकाइ राखेको अवस्थामा घतानेले पछाडीबाट छुरा प्रहार गरेको स्थानीयले बताएका छन् । कार्कीलाई धरानस्थीत विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारको लागी लजादै गर्दा बाटैमा मृत्यु भएको अस्थाई प्रहरी चौकी शनिश्चरेका असई कृत्तराम ठाकुरले जानकारी दिए । हत्यामा संलग्न घतानेले फरेट नामक विषादित औषधि रेड बुलमा घोलेर खाएको स्थानियले बताएका छन् । घट्ना पछि घताने भागेका थिए । उनलाई स्थानीय र प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो । बिषादीत औषधिले उनी पनि सिकिस्त भएकाले उनको पनि प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ । शनिश्चरे बजारमा भद्रमान सुनचाँदी व्यावसाय गर्दै आएको घताने दुइ महिना अघि बाबुआमाको सल्लाहमा काठमाडौंस्थित दाजु कुलबहादुरसँग बस्दै आएको बताइएको छ । घट्नाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।