पथरी/केही दिन अघि प्रेमीले प्रेमिका हत्या गरेको घटना सेलाउन नपाउँदै पथरी–शनिश्चरे–१० मा फेरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

४७ वर्षीय विनोद परियारले आफ्नै श्रीमती कल्पनाको कैची प्रहार गरेर हत्या गरेका हुन् । कल्पना ३९ वर्षकी थिइन् । घटना मंगलबार बेलुका ५ बजेतिरको भए पनि उनलाई स्थानीय क्लिनिकमा ८ टाँका लगाएपछि विराटनगरस्थित न्युरो पु¥याइएको थियो ।
न्युरोलेसमेत उपचार गर्न नसक्ने जनाएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । उनको टाउँकोमा रगत जमिसकेकाले उपचार हुन नसक्ने जनाएपछि घर लाने क्रममा बाटो मै आज बिहानै मृत्यु भएको थियो ।
श्रीमानलाई इलाका प्रहरी कार्यालय पथरीले घटना भएलगत्तै पक्राउ गरेको थियो । आज मृत्युभएसँगै थप अनुसन्धान हुने इप्रका पथरीका असई गौरब सुब्बाले जानकारी दिएको छ । उनीहरुले सिलाईकटाईको पसल सञ्चालनमा ल्याएका थिए । केही दिन अघि ५० मिटर आसपासमा एक प्रेमीले अर्काकी बुहारीलाई हत्या गरेका थिए । उनीहरु दुबै प्रेमीप्रेमिका रहेको रहस्य खुलेको थियो ।
दुईसय मिटर वरपर प्रहरी चौकी र सशस्त्र प्रहरी चौकी रहे पनि अहिले त्यस क्षेत्रमा हत्याको घटना वृद्धि हुँदै गइरहेको छ ।