विजयपुर/नेपाल टेलिकमले धरान तरहरा सडक खण्डको जङगलमा टावर बनाउन वेवास्ता गरेपछि सर्बसाधरण समस्यामा परेका छन् । धरान तरहरा सडक खण्डमा टावर निर्माण गर्न पटक पटक निबेदन दिदापनि टेलिकमले वेवास्ता गरेको छ ।

गायक तथा टेलिकमका प्रयोगकर्ता सुमन श्रेष्ठ‘संगम’ले टेलिकममा पटक पटक टावर निर्माणकालागि निबेदन दिदापनि टेलिकमले वास्ता गरेको छैन । टावर नहुदा तरहरा धरान सडक खण्डमा मोवाइल सेवा अबरुद्ध हुने गरेको छ ।

टेलिकम सेवाग्राहीप्रति उत्तरदायी भएको पाइएन गायक श्रेष्ठले भने एउटा टावर निर्माण गर्न पटक पटक निबेदन दिदापनि कुनै चासो नदेखाउनु गैरजिम्मेवारी पन हो उनले भने ।सोवाग्राहीबाट शुल्क लिने तर सुबिधा नदिने रबैया भ्रष्टचारको एउटा नमुना पनि हो उनले भने ।

धरान तरहरा सडक खण्डमा धेरै मात्रामा सडक दुर्घटना समेत हुने भएकाले उक्त ठाउमा टावर आवश्यक भएको भन्दै गायक श्रेष्ठले पछिल्लो पटक गत मङसीर १४ गते टेलिकममा निबेदन दिएका थिए ।