सोेलुखुम्बु । सोलुखुम्बुमा एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ। हिमाल आरोहण गरेर फर्कने क्रममा लडेर ५९ वर्षका कोरियाली नागरिक न्यान हुन्लीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बले जनाएको छ। हिमाल आरोहण गरेर फर्कने क्रममा करिब छ हजार ६०० मिटरको उच्चाइमा पुग्दा लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ। कार्तिक ३ गते हाइट हिमाल ट्रेक कम्पनी काठमाडौंमार्फत् उनीसहित सात टोली काठमाडौंबाट सोलुखुम्बु आएका थिए। उनको शवलाई शुक्रबार फिष्टेल एयरको हेलिकोप्टरबाट लुक्ला ल्याई कानुनी प्रक्रिया पूरा गरी काठमाडौंको शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी रेशमबहादुर पराजुलीले जानकारी दिए।