चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः राति ६ घण्टा बन्द हुने भएको छ। माघेसंक्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुन राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ मुग्लिक सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस २९ गतेदेखि माघ २ गतेसम्म ४ दिनका लागि उक्त सडक खुला गरिएको थियो । यसअघि यही पुस १८ गतेदेखि राति १० बजेबाट ४ बजेसम्म ६ घण्टा सवारी आवागमन बन्द गरेर भित्तो काट्ने काम भैरहेको थियो । आयोजनाले रातीमा काम प्रभावकारी नभएको भन्दै परिमार्जन गर्नुपर्नै आवश्यकता भएको बताए । चितवनका ट्राफिक प्रहरीका इन्सपेक्टर सन्तोष पन्तले अर्काे निर्णय नभएसम्म राति ६ घण्टा सडक रोकेर काम गर्ने जानकारी दिए । गाडी बिग्रने, ओभरटेक गर्ने र निर्माण कार्यले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ । सडकको ३४ किलोमिटर क्षेत्रको सडक विस्तार कार्य जारी छ । दुई पटक म्याद थप्दा पनि अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ ।