विजयपुर । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले धरान मृत शहर नभएर गतिशील शहर रुपमा बिकास भएको बताएका छन् । धरान सडक उत्सबको उद्घाटन समारोहमा बोल्दै उनले धेरैले धरानलाई मृत शहर भनेर टिप्पणी गरेको सुन्ने गरेको भन्दै मेयर सुब्बाले‘धरान गतिशील शहर भएकाले अनाबश्यक टिप्पणी नगर्न आग्रह पनि गरे । मेयर सुब्बाले धरानको बिकास र संबृद्धिकालागि बिभिन्न योजनाहरु अगाडि बढी सकेको पनि बताए । ‘हामीले धरानको पर्यटन विकासकालागि यो बर्षबाट ठोस कार्यक्रम र नितीलिएका छौ,अब धरान पर्यटनको बिकासकालागि अगाडि बढी सकेको छ’ मेयर सुब्बाले भने ।धरानका बिकासकाकतिपय योजनामा अनाबश्यक बिरोधहरु आउने गरेको स्मरण गर्दै मेयर सुब्बाले भने ‘हामीले गल्ती गरेका छौ भने सुझाबदिनु पर्छ तर विकासको काममा बिरोध हुनु राम्रो होइन । धरानको खानेपानी समस्या चाडै समाधानहुने भन्दै उनले त्यसकालागिआवश्यक पहल भईरहेको बताए । धरानलाई फुलबारीको सहर बनाउने कार्य सुरु भई सकेको बताउदै मेयर सुब्बाले अब हरेक गल्लिहरुमा फुलबारी बन्ने बताए ।उनले धरानको पर्यटनको बिकासकालागि निजी क्षेत्रको भुमिका पनि उत्तिकै महत्वपुर्ण रहने बताए । मेयर सुब्बाले रिबन काटेर सडक उत्सबको उद्घाटन गरेका थिए ।कार्यक्रममा बोल्दै धरानका पुर्व मेयर मनोज कुमार मेन्याङवोले धरान पर्यटन बिकासको क्षेत्रमाअलि पछि परेको बताएका थिए । उनले जनप्रतिनिधीले बिकासका कार्यलाई गतिदिनु पर्ने पनि बताए ।कार्यक्रममा बोल्दै होटल ब्यबासायी महासघं प्रदेश नम्बर १ का संयोजक मणिन्द्र कट्वालेपुर्वको पर्यटन प्रबर्धनमा होटल ब्यबासायीले अहिले सम्म उल्लेख्य भुमिका खेलेको बताए ।धरानको पर्यटन विकासकालागि आफुहरु सहकार्य गर्न तयार रहेको पनिउनले बताए । सोही कार्यक्रममा धरानको पर्यटन बिकासमा योगदान पु¥याएको भन्दै पत्रकार दिनेस गजमेर र ब्यबासायी महेन्द्र प्रधानलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा धरान उपममहानगरपालिकाकी उपप्रमुखमन्जु भण्डारी,होटल एसोसिएसनका केन्द्रिय सदस्य जितेन्द्र रुम्दाली लागयतका कार्यक्रममा नेपाल पत्रकार महासघंका उपाध्यक्ष सन्तोष काफ्लेले स्वागतमन्तब्य राखेका थिए ।कार्यक्रम होटल एसोसिएसनअफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठको अध्यक्षतामा भएको थियो भने सञ्चाल नमहासचिब श्याम पोख्रेललेले गरेका थिए ।