चक्रघट्टि । १७ बर्ष देखि नेपाल सरकारको अधिनमा रही बराहक्षेत्र नगरपालिका ३ मा सञ्चालित कालिन्द्रा सामुदायिक वन उपभोक्ता समुह चैत्र मसान्तसम्ममा समुदायलाई हस्तान्तरण हुने भएको छ ।
२०५८ सालमा दर्ता भएपनि प्राबिधिक ज्ञान र आर्थिक अभाव जस्ता विविध कारणले वनको सिमाना सर्भे तथा वन कार्ययोजना तयार गर्न नसकिएको कारण अहिलेसम्म समुदायलाई हस्तान्तरण हुन नसकेको १२ औ साधारण सभाको अवसरमा अध्यक्ष साने लिम्बुले बताएका छन् । वन नियमावली २०५१ र २०६५ को अधिनमा रहि यो कार्ययोजना तयार गरीएको र चैत्र मसान्तसम्ममा हस्तान्तरण हुने लिम्बुले बताएका छन् ।
१ हजार ७ सय ९७ घरधुररीका ९ हजार ५ सय ५७ परिवार उक्त बनबाट आश्रित रहेका छन् । पुर्वमा किरात मन्दिर वैठार देखि अलपत्रे जाने बाटो हुदै पश्चिममा कोशी नहर हुदै चिहान डाडा, उत्तरमा राष्ट्रिय वन र दक्षिणमा नडाहा देखि बिचपानी जाने सडक यस बनको चार किल्ला पर्दछ । १ सय ८९.२३ हेक्टर क्षेत्रफलमा रहेको उक्त वन व्यबस्थापनको मुख्य उदेश्य वनको दिगो व्यबस्थापन गरी उपभोक्ताको वन पैदावरको सहज आपुर्ति गर्दे स्थानिय जीवनस्तर तथा वातावरण सन्तुलन गर्नु रहेको छ । यस वनमा साल, साज, करम, वोटधयरो , हाडे, लामपार्न लगायतका प्रजातिहरु रहेका छन् भने चितुवा , हरिण, मृग, गोहोरो , दुम्सी, सालक लगायतका बन्यजन्तु पाइन्छन् । धनेस लामपुच्छे्र ,ढोडे, कोइली , मयुर , लुइचे , ठेका लगायतका चराचुरुङ्गी यस बनमा पाइन्छन् ।
बनका अध्यक्ष साने लिम्बुको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बन सेक्टर कार्यालयका प्रमुख महेश शाह रहेका थिए ।