धरान/१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले धरानलाई पर्यटकिय क्षेत्रको सुन्दर गन्तब्यको रुपमा विकास गर्ने बताएका छन् । १ नम्बर प्रदेशलाई पर्यटनकै क्षेत्रबाट संबृद्ध बनाउने निती प्रदेश सरकारको रहेको भन्दै पर्यटनको मुख्य केन्द्रको रुपमा धरानलाई स्थापित गर्ने बताए । अब प्रदेशलाई संबृद्ध बनाउन पुर्वाधार तयार हुदै जाने उनको भनाई थियो । बिहिबार इस्ट टुरिजम मार्टको उद्घाटन शत्रमा बोल्दै उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रले देखाएको उत्साहलाई प्रदेश सरकारले मर्न नदिने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले १ नम्बर प्रदेश पर्यटन गर्नेहरुका लागि सबैभन्दा ठुलो गन्तब्य भएको बताए ।प्रदेश १ का पर्यटन मन्त्री जगदिस कुसियतले प्रदेशलाई पर्यटनका माध्यमबाट बिकास गर्न प्रयाप्त कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।मार्टमा नेपाल,भारत,भुटान,बङगलादेश,चिनका पर्यटन ब्यबसायीहरुको उपस्थिती छ ।