[caption id="attachment_86122" align="aligncenter" width="1000"] तस्बिर रिता लामा[/caption]

धनकुटाको सागुरीगडी गाउँपालिकामा पर्ने नाम्जे पर्यटकहरुका लागी उत्कृष्ट क्षेत्र हो ।

यो गाउँलाई २०६८ सालमा अमेरिकी समाचार संस्था सीएनएनले विश्वका पुग्नैपर्ने उत्कृष्ट १२ ग्रामीण पर्यटकीय गन्तव्यको सूचीमा राखेपछि चर्चा बढ्दै गएको हो । मकै, भटमास, आलु, काँक्रालगायतका स्थानीय उत्पादन पाहुनाका लागि खाजामा दिइने नाम्जेमा स्थानीय उत्पादनमा नै बढी जोड दिइन्छ । अझ गुन्द्रुकको अचार र टिम्बुर सहितको टमाटरको चटनीले त जो कोहीको मुख रसाउने गर्छ । यो साता नाम्जे खोजपत्रकारिता तालिम लिन पुगेकी पत्रकारद्धय धरानकी सञ्जु राई र इटहरीकी प्रमिला राई आर्गनिक आलु खादै भन्दै थिए गुन्द्रुकको अचार चै हो क्या । उनीहरु मात्र हैन नाम्जे पुग्ने जो कोही त्यहाँका आर्गनिक खाजाले मख्ख भएर फर्कन्छन्। थोरै पैसामा मिठो स्वादको खाजा अहिले नाम्जे होम स्टेका लागी लोकप्रिय छ ।

केहि वर्ष यता होमस्टेका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ । छिनछिनमा मौषम परिवर्तन हुने नाम्जेमा बादलले खेल्ने लुकामारीले तराईको उखरमाउलो गर्मी सहन बाध्य हुनेका लागि निकै आनन्दको अनुभूति हुने गरेको छ । सुनसरीको इटहरीदेखि ३४ कलोमिटर उत्तरमा पर्ने भेडेटार बजारदेखि ३ किलोमिटर पूर्वमा पर्ने नाम्जेको मौसमलाई हरेक पर्यटकले प्रशंसा गर्दै फर्किने गरेका छन् । मकै बारीमा फलेको बेला पोलेर पाहुनालाई सत्कार गर्ने चलनले नाम्जेको होम स्टे साच्चै प्रशंसा गर्नु लायक छ । गाउँमै उत्पादन भएका खानेकुरा खुवाउँने चलन छ ।

होम स्टेलाई अझै व्यवस्थीत रुपमा सञ्चालनमा ल्याउँनु आवश्यक छ । शनबार र शुत्रबार भिडभाड हुने होम स्टेमा लोकल कुखुराको अलग्गै छ । एउटा घरमा ५ देखि १० जनासम्मलाई राख्न सकिने व्यवस्था मिलाइएको होमस्टे शुल्कका दृष्टिकोणबाट पनि सुलभ छ । आर्गनिक खानामा पारिवारिक वातावरणमा बस्ने पाहुनाले मकै र कोदोको ढिँडो, सिस्नुको तरकारी, लोकल कुखुराको सुप इच्छा लागेअनुसार खान पाउँछ । लोकल कुखुराको मासुसँग २ सय ५० रुपैयाँ मात्रै तिर्नुपर्ने होमस्टेमा पिउनेहरूका लागि कोदोको शुद्ध रक्सी र तोम्बा पनि उतिकै चर्चित छ । पाहुना आउदा त उनीहरु औधी खुशी हुन्छन् । पाहुनाको स्वागत सत्कार गर्दैमा उनीहरुलाई फुर्सद हुन्न । घरमा आएका नौला पाहुना उनीहरु ह्दय खोलेर ती पाहुनाहरुको स्वागत गर्छन् । उनको बारीमा उत्पादन भएको अधिकांश तरकारी र फलफुल पनि बोटमै बिक्री हुन्छ ।

सरकारी बेवस्तामा नाम्जे धनकुटाको सागुरीगडी गाउँपालिका पर्ने विश्वकै उत्कृष्ट पर्यटकिय क्षेत्र नाम्जे अहिले विकासको हिसाबले पछि पदै गएको रहेछ । पहाडी सुन्दर वातावरण, चिसो मौसम र छिनछिनमा परिवर्तन भइरहने मौसमका कारण तराईका मानिसहरूको रोजाइ पर्ने नाम्जे पुग्ने बाटोघाटो लथालिङ अवस्थामा छ । भेडेटारको बजारबाट ३ किलोमिटर बाटो हिडिसक्नु छैन । पहाडी क्षेत्रको भिर पाखो बाटो त्यो पनि खाल्डाखुल्डी र ग्राबेलका कारण यात्रुहरु त्राही-त्राहीमा पुग्न पर्न बाध्यता छ । यसरी विश्वकै उत्कृष्ट गनब्यमा परेको नाम्जे जाने बाटोको हालत यस्तै हुन्छ ? पर्यटकिय क्षेत्र मात्र भन्ने विकास चाही शुन्य हुदा सम्म चुईक्क नबोल्ने ? स्थानीय जनप्रतिनिधिहरु तै चुप मै चुपमा कतिञ्जेल बस्ने यो विषय निकै गम्भिर छ । सरकारी पक्षका फितलो कामको कारण नाम्जे पुग्न पर्यटकहरुलाई कठिन मात्र छैन सास्ती वेर्होनु परेको छ । यसरी बाटो अव्यवस्थीत हुदा यहाँका सामाजिक अगुवाहरु समेत चुपचाप बसेको पाईन्छ । वर्षे देखि भईरहेको बाटोको समस्यामा नबोल्ने यहाँका व्यापारीलाई के भन्ने ? यो समस्याको बिषयमा सबैले बोल्नु जरुरी देखिन्छ । अहिले त्यही आदिवासी मगरहरुको घना वस्ती रहेको भेडेटार नजिकैको गाँउ पुर्वको पर्यटकिय आर्कषणको केन्द्र बनेको छ । तर राज्य पक्षबाट भने उपेक्षित छ, यो गाँउ । पर्यटनको नाममा धेरै ठुलो हल्ला गर्ने पर्यटनवोर्डले पनि नाम्जे गाँउ प्रति केही गर्न सकेको छैन भन्दा फरक नपर्ला । समुद्र सतहबाट करिब ६ हजार फिट उचाइमा उत्तरी मोहडामा ढल्किएको नाम्जे सफा र आकर्षक छ । पर्यटनका लागि प्रारम्भिक पूर्वाधारमा लाग्दै गरेको अवस्थामा विश्वकै नमुनाभित्र समेटिँदै हेर्नै र पुग्नै पर्ने ठाउँ चयन भएपछि नाम्जेको मुहार फेरिदो छ । विराटनगर हुँदै दुई घन्टामा गाडीबाट पुगिने भेडेटार नाका भएर नाम्जे, डाँडाबजार, राजारानी, छ नम्बर बुधबारे हुँदै इलाम, मोरङ र पाँचथरका विभिन्न मनोरम स्थल पुगिने भएकाले यो क्षेत्र भारतीय पर्यटकहरुको लागी पनि आकर्षक  छ । दैनिक वाहय तथा आन्तरिक पर्यटकहरुको भीड लाग्ने यो गाँउ आज जति सुन्दर छ विगतमा यस्तो थिएन । विगतमा नाम्जे गाँउमा खानेपानीको अत्याधिक समस्या थियो । त्यसबेला अमेरिकन पिस्कोर स्वयंमसेवक राजिवकुमार गोयल यो गाँउमा स्वयंमसेवक शिक्षककोरु पमा आए । अनि गाँउमा नँया परिवर्तनहरु देखिन थाले । अन्तत २०६० साल जेठ २८ गते नाम्जे गाँउको घरघरमा पानीको धारा पुग्यो । गाँउबाट पहिले पानी लिन जादा आधा घण्टा तल जानुपर्दथ्यो । तर अहिले त्यस्तो समस्या नाम्जेमा छैन ।

आत्मा बस्ने घर नाम्जेमा ढुंगैढुंगाले बनेको अनौठो संरचना आत्माघर पनि पर्यटकको केन्द्र बन्ने गरेको छ । अमेरिकी आर्किटेक्टहरूले बनाएको आत्मा घर थुम्की डाँडामा छ । मगर जातिका पुर्खाहरूको १ सय १३ वटा चिहान भत्काउदा निस्केको ढुंगाले बनेको पूर्खाहरूको स्मृतिस्थलका रूपमा यसलाई लिने गरेका छन् । बाह्र दिन लगाएर अमेरिकीहरूले बनाएको अचम्मको संरचनालाई नै ‘आत्मा बस्ने घर’ भनेर नामकरण गरिएको छ । यस्तै मौसम खुल्दा सगरमाथा, कुम्भकर्ण, कञ्चनजंघा र मकालु हिमशृंखला लहरै देख्न सकिने नाम्जेले पर्यटकहरूलाई लोभलाग्दो बनाउने गरेको छ । आत्मा बस्ने घर हेर्ने गर्मी याममा पर्यटकहरुको घुईचो लाग्ने गर्छ ।

हुर्रा नाच नाम्जे आर्गनिक मात्र हैन सास्कृतिक रुपमा पनि अगाडी छ । पाहुनालाई स्थानीय सांस्कृतिक परिचयसमेत दिन पाहुनाहरूको इच्छाअनुसार हुर्रा नृत्य देखाइने र सहभागी भई नाच्ने अवसर समेत प्रदान गरिन्छ । हुर्रा नाच पूर्वेली मगरहरूले मात्रै नाच्ने संस्कृति हो । हातमा हात समाएर मादलको तालमा गोलाकार हुँदै नाचिन्छ । खासगरि तिहारमा औंसीको दिनदेखि पूर्णिमाको दिनसम्म पूर्वका मगरहरूले हुर्रा नाच्छन् । अचेल भने समूहमा आउने पर्यटकहरूलाई स्थानीयले यो नाच देखाउन थालेका छन् । सांस्कृतिक टोलीसँगै स्थानीय बूढापाका, केटाकेटी, तरुनी–तन्नेरी हुर्रा नाच्न थालेपछि पर्यटकहरू पनि नाचेर रमाउँछन् । हुर्राका लागि धेरैजना चाहिने भएकाले पूर्वसूचना भए व्यवस्थापन गर्न सहज हुने रानाको भनाइ छ । हुर्रा नृत्यका लागि स्थानीय पञ्चकन्या महिला समूह सक्रिय हुँदै आएको छ । ३२ घर आबद्ध सो समूहका एक घर एक व्यक्तिका दरले हुर्रामा सहभागी हुने गर्छन् । यो नृत्य देखाएबापत पुग्ने महिला समूहले २२ सय रुपैयाँ लिने गरेको छ ।