मधुमल्ला/ लामो समय देखी संरक्षण अभाव रहेको धार्मिक तथा पुरातात्विक हिसाबले महत्वपुर्ण स्थानको रुपमा परिचित चुलीपोखरीको विकास सुरु भएको छ । यस वर्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय १ नं. प्रदेशले छुट्याएको चार लाख रकमले चुलीपोखरीलाई घेराबार गर्ने कार्य सम्पन्न भएको मिक्लाजुङ गाउँपालिका वडा नं. २ वडाध्यक्ष गौरी प्रसाद राइले बताए।

पर्यटनको प्रचूर सम्भाव्यता रहेपनि चुली पोखरीको प्रचार प्रसार र प्रर्वधन नहुँदा सुनसान बन्दै गएको थियो । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मोरङ मिक्लाजुङ–२ मा अवस्थित यो पोखरी पर्याप्त प्रसार-प्रसार उचित संरक्षणकै कमीका कारण यस्तो समस्या रहेको स्थानीय अर्पण श्रेष्ठले बताए । चारौतिर डब्लुहिल पहाडको थप्लोमा करिब दुई बिगाहा क्षेत्रफलमा फैलीएर रहेको छ चुलीपोखरी । चुरे पहाडको थाप्लोमा रहेको यो पोखरी धार्मिक तथा पुरातात्विक हिसाबले समेत निक्कै महत्वपुर्ण स्थान रहको र होम स्टेको रुपमा यसालाई बिकाश गर्न सकिने मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधीकृत युवराज आचार्यले बताए ।

घना जंगलले ढाकेको चुली पोखरीबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । पोखरीको दक्षिणपूर्व पट्टि देखिने डूब्लू हिलले यस क्षेत्रमा पर्यटक स्वागत गर्न आतुर रहेको स्थानीय रुद्र भण्डारी भन्छन् ‘प्राकृतिक रुपमा डब्लू आकारको पहाडले वेलकम हिलको संकेत गर्छ ।’ परापूर्व कालमा चुली पोखरी क्षेत्रमा राजा र रानी नाम भएका दुईवटा पोखरी थिए । कालान्तरमा पश्चिममा रहेको रानी पोखरी सुकेपछि राजा पोखरी मात्र रहन पुगेको भन्ने जनविश्वास रहेको पाइन्छ । यस पोखरीको अर्को विशषता भनेको पोखरीको उत्तर तर्फ मध्यभागमा रहेको प्राकृतिक ढुङ्गा हो । जुन ढुङ्गाको आकार ठ्याक्कै स्त्रीप्रजनन अंग (योनी) आकारको रहेको छ । रानी पोखरी फुटेर गएसँगै राजा पोखरीका राजाले सोही प्रजनन अंगमा सहवास गर्ने गरेको जनविश्वास रहि आएको छ । सो पोखरीमा अर्को विशेषता भनेकाे वरीपरि जंगलले घेरीएको पोखरीमा कुनै पनी पातहरु पोखरीमा छैन । पोखरीमा पातहरु खसीहाले पनी चराहरुले टीपेर लाने गरेको जनविश्वास रहिआएको छ । तर चराले कुन समयमा पात टिप्छ भने कशैलाई थाहा छैन ।

कशरी पुग्ने चुलीपोखरी उर्लाबारीको किशान चोकदेखि १५ किलोमिटर उत्तर क्षेत्रमा अवस्थित चुली पोखरीबाट डब्लू हिल, मिक्लाजुङ राजारानी र पुत्र बुद्धको उत्पत्ति स्थल कुईँनेटार र बुद्धटार आकर्षण रहेका छन् । चुली पोखरी पुग्नका लागि किशान चौक र उर्लाबारी चोक उत्तरबाट जान सकिन्छ । किशान चोकदेखि टाँडीको धोबेनी, साखरे हुँदै चुली पोखरी पुगिन्छ । उर्लाबारी चोकबाट मधुमल्ला, तोरीबारी, कुइँनेटार, बुद्धटार हुँदै , त्यस्तै मिक्लाजुङ मधुमल्ला, मलामी टहरा शाखरे हुँदै चुलीपोखरी पुग्न सकिन्छ । सडक, विद्युत् र खानेपानीको अभाव भएकाले पनि पर्यटन आगमनमा कठिनाई हुने गरेको स्थानीय कमल श्रेष्ठ बताउँछन् । भन्छन् ‘खानेपानी र सडक राम्रो र दिगो व्यवस्थापन भए, यहाँ पर्यटक संख्यामा वृद्धी हुने थियाे ’ चुली पोखरी क्षेत्रमा ३५ घर रहेका छन् । यसैबीच, चुली पोखरीको प्रर्वधनका लागि मिक्लाजुङ गाउँपालिकाले अहिले चासो देखाएको छ ।