धरान  / लामो छुट्टीमा घुम्न जाने चलन नेपालमा पिन शुरू भएको छ । पूर्वबाट पश्चिम घुम्ने जानेहरुको संख्या बढेको छ । दशैंमा हुने लामो विदामा मुगुको रारा घुम्न गएर दशैं मनाउने स्वदेशी पर्यटकहरुको उल्लेख्य भएको छ । धरानबाट एउटा टिम रारालगायत पश्चिमको विभिन्न स्थानको भ्रमणमा निस्केको छ । आफ्नो देश कहाँ के छ भन्ने कुरा थाहा पाउन प्रत्येक बर्ष विदामा घुम्न जाने गरेको पश्चिम भ्रमणमा निस्किएकी धरानकी रीता लिम्बुले बताईन । रारा कसरी पुग्ने

हवाईजहाज चढेर रारा जानेहरुलाई ३ रात ४ दिनको प्याकेज होटल सञ्चालकले बनाएका छन् । त्यसका लागि एक व्यक्तिका लागि ३५ हजार रुपैयाँ खर्च लाग्दछ । यसैगरी गाडि चढेर रारा आउनेहरुलाई ७ दिनको प्याकेज छ ।

सडक मागृबाट जान सहज र सुलव छ । गाउँ होमस्टे समेत सञ्चालन गरिएको छ ।

के पाईन्छ यहाँ संसारमा नपाई ट्राउट माछा पाईन्छ । रारा तालमा दिनमा तीन पटकसम्म पानीको रंगसमेत परिवर्तन हुने गर्दछ । चिसो निकै हुने भएकाले बाक्लो लुगा लगाएर जानु पर्ने हुन्छ । तस्विर रीता याेङहाङबाट