काठमाडौं । सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको छ । नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिसमा गन्तव्य सूचीकृत गरिएकाे हाे ।
प्रदेश १ का १४ जिल्लाका विभिन्न स्थानहरूलार्इ पर्यटकीय गन्तव्यका रूपमा प्रवर्धन गरिने भएकाे छ । यस्ता गन्तव्यहरूमा ताप्लेजुङकाे पाथीभरादेखि सुनसरीकाे वराहक्षेत्रसम्म सूचीकृत छन् ।
यहाँ हेराैं प्रदेश १ का पर्यटकीय गन्तव्यः

नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवर्द्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् ।
सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन योजना बनाइएको छ ।
प्रदेश र जिल्लागत रूपमा छुट्याइएका नयाँ गन्तब्य