ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले चार वर्र्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

प्रहरी निरीक्षक खुमलाल भुुसाल नेतृत्वको टोलीले महानगरपालिका –२२ फर्सिडोल बस्ने ४० वर्षीय दुर्लभ शाक्यलाई सोही स्थानबाट सोमबार पक्राउ गरेको हो । शाक्यलाई जिल्ला अदालत ललितपुरले विसं २०७१ चैतमा कुटपिट अङ्गभङ्ग मुद्दामा कैद तथा जरिवाना सुनाएको थियो । शाक्यलाई अदालतले सात वर्ष ११ महीना पाँच दिन कैद सुनाएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले बताए। 

गतसाता मात्रै परिसरले ठगी तथा जालसाजी मुद्दामा दुई वर्ष पहिले अदालतले कैद तथा जरिवाना सुनाएको ललितपुर महानगरपालिका–१३ का राज महर्जनलाई पक्राउ गरेको थियो ।