धरान । खुट्टाको हड्डि मक्किने रोग (ओस्टियोमाईलिटिस)बाट पीडित बालकको उपचारका लागि किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीले आर्थिक सहयोग प्रदान गरेको छ ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका स्थायीघर भई हाल इटहरी ५ स्थित आफन्तको घरमा बस्दै आएका १४ वर्षीय पारुहाङ राईलाई आर्थिक सहयोग १४ हजार ५ सय प्रदान गरिएको हो । किराया जिल्ला कार्य समिति अध्यक्ष बलराम राई, केन्द्रीय उपमहासचिव शुभचन्द्र राईलगायतका पदाधिकारीले मङ्गलबार यायोक्खा सुनसरीको कार्यालय यलम्बर भवन धरानमा सो रकम हस्तान्तरण गरे ।

तीन वर्षदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका राईको हालसम्म करिब ७ लाख खर्च भईसकेको उनका आफन्तले बताए ।