ब्लाष्टखबर । मोरङको रंगेली रामघाट जयनपुर टोल बस्ने ५५ बर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।
आज विहीबार विहान ६ बजे आफ्नै खेतमा पानी पटाउन भनि मोटर जोड्ने क्रममा अचानक बिधुत सट भई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले प्रहरीलाई बताएका छन् । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरी टोलीले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।