विजयपुर । जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गरेर स्थानिय आवागमनलाई केहि सहज बनाई इ–रिक्सालाई जोर बिजोर प्रणालीमा संचालन गर्न अनुमती दिएको थियो । तर, चालकले त्यसको अवज्ञा गर्दै दुइवटै नम्बरका सवारी इ–रिक्सा संचालन गरेको पाइएको छ ।
धरान उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयले लगाएको लकडाउन बुधवार बेलुका १२ बजे सकिएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले लकडाउनलाई केहि सहज गर्दै बजार पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय गरेको थियो । बजार पसल खुलेपछि सहज आवागमनलाई मध्यनजर गर्दै जोरबिजोर प्राणालीमा इ–रिक्सालाई चल्न दिने निर्णय गरेको थियो ।
कोरोना भाइरसको जोखिम बढिरहेको बेला भिडभाड नहोस भनेर जोरबिजोर प्रणाली अपनाएर चल्न दिने निर्णय गरेको हो । तर इ–रिक्सा चालकले भने दूई वटै नम्बरका इ–रिक्सा चलाउदै आएका छन । यसो गर्दा बजार भिडभाड बढ्ने र कोरोना भाइरसको संक्रमण बढ्ने सम्भावना रहन्छ । प्रहरीले खासै यसलाई कार्यन्वयन गराएको पाइदैन ।
यस विषयमा जिल्ला ट्राफिक कार्यालय सुनसरीका प्रमुख अञ्जन कोइरालालाई बुझ्दा पहिलो दिन भएकोले चालकहरुलाई सम्झाइएको बताए । उनले भने, ‘पहिलो दिनमै पक्रेर कारबाही गर्ने कुरा भएन । भोलीदेखि यस्तो पाइएमा कारबाही हुन्छ ।’
यो भन्दा पहिलेपनि इ–रिक्सा फाट्टफुट्ट चल्दा कडाई गरिएको थिएन ।
इ–रिक्सा चलाउदा पुरा गर्नुपर्ने मापदण्ड
-प्रत्येक दिन इ–रिक्सामा सेनिटाइज गर्नुपर्ने ।
-चालकले मास्क अनिवार्य लगाउनुपर्ने ।
-चढ्ने यात्रुलाई सेनिटाइजर उपलब्ध गराउनुपर्ने ।
-मास्क नलगाएको यात्रु नचढाउने ।
-इ–रिक्सामा खाद्यसामाग्री विक्रि वितरण गर्न नपाउने ।
-बढीमा २ जना मात्र यात्रु बोक्नु पर्ने ।
-जोर गते जोर र बिजोर गते बिजोर सवारी संचालन गर्नुपर्ने ।