बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकामा नेकपा सम्बद्ध प्रेस संगठन नेपालको नगरकमिटि गठन भएको छ ।
अच्युत भट्टराईको संयोजकत्वमा ११ सदस्यीय नगर कमिटि गठन गरिएको हो । विहिवार नगरपालिकाको आमाहा सिमसारमा सम्पन्न कार्यक्रममा बिमला घिमिरे सह–संयोजक र सदस्यहरुमा कल्पना कार्की, लक्ष्मण कटुवाल, हरि बस्नेत, खड्ग लिम्बु, निकेश दाहाल, विजय राई, भुमिका रसाईली, मनोज विष्ट र कमल खड्का चयन भएका छन् ।
जिल्ला सह–संयोजक शेखर ढकालको अध्यक्षतामा, नेकपाको नगर अध्यक्ष कमल वहादुर कटुवाल प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि नगर सचिव गजेन्द्र थापा, अतिहिरु नगर पार्टी कार्यालय सचिव पदम माझी, सचिवालय सदस्यहरु अमित गौतम र भेषराज कार्कीको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपाको नगर अध्यक्ष कमलवहादुर कटुवालले, सत्य तथ्यमा रहेर पत्रकारले कमल चलाउनु पर्ने र जुनसुकै पार्टीको भएपनि गलत कुरालाई पत्रकारहरुले नडराई लेख्नुपर्ने र त्यसको लागि सहज वातावरण बनाईपर्ने आवश्यकता रहेको बताए ।
नवगठित नगर कमिटी संयोजक अच्युत भट्टराईले संगठन राजनीतिक पार्टीको भातृ संगठन भएपनि कुनै नेताको गल्तीको सदैव खबरदारी गरिने र सत्यको लागि आवाज उठाईरहने बताए ।