धरान । धरान उपमहानगरपाकिला–८, तीनकुनेस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस अगाडि भदौ १६ गते मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी महिलाको नाम, ठेगाना खुलेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार उनी मोरङको बेलबारी नगरपालिका –७ की ८१ बर्षीया लक्ष्मीमाया तामाङ भएको खुलेको हो । मोटरसाईकलको ठक्करबाट मृत्यु भएकी वृद्धाको पहिचान नखुलेको भन्ने समाचार सञ्चार माध्यमहरुमा सार्वजनिक भएपछि मृतकका छोरा चन्द्रबहादुर तामाङ प्रहरी सम्पर्कमा आएका थिए ।

उनले शव पहिचान गरेपछि परिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनलाई को ८ प ९३०२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।