विजयपुर । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लगाएको लकडाउनबाट समस्यामा परेका २२ जना मजदुरहरुलाई तरुण दलको सक्रियतामा बुधबार राहत वितरण गरिएको छ ।

धरान–७ शान्तीपथका समस्यामा परेका दैनिक ज्यालादारी गरेर जिवकोपार्जन गर्ने मजदुरहरुलाई राहत वितरण गरिएको हो । १० किलो चामल, आदी लिटर तेल, १ प्याकेट नुन र १ पावा न्यूटोला वितरण गरेको तरुणदलका सुनसरीका सदस्य सुमित तामाङ्गले जानकारी दिएका छन । उनीहरुले १५ हजारको बराबरको राहत वितरण गरेका थिए । उनको तामाङ्गको सक्रियतामा वडा नं. ७ पार्टीसँगको सहकार्यमा राहत वितरण गरिएको थियो ।