भण्टाबारी । सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीले गाजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नेपालबाट लुकिछिपी भारततर्फ लादै गर्दा सशस्त्र प्रहरी बल बिओपी लौकहीबाट इन्स्पेक्टर अरुण पाण्डे नेतृत्वमा खटिएको टोलिले बिहीबार राति गाजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो । नेपालबाट लुकिछिपी पैदल डेढ किलो गाजा बोकेर भारततर्फ जादै गर्दा चेकजाँचको क्रममा भोक्राहा नरसिंह गाउँपालीका ६ स्थित उल्टी क्षेत्रबाट भारत सुपौल जिल्ला रत्नपुरा ग्रामपन्चायत ८ बस्ने २९ वर्षका बिनोदकुमार साहलाई पक्राउ गरिएको इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए ।
नेपाली बजारभन्दा भारतीय बजारमा गाजाको मूल्य बढी भएकाले सीमावर्ती क्षेत्र हुँदै गाजाको ओसारपसार हुने गरेको पक्राउ पर्नेहरूबाट बुझिएको छ । लौकही इलाका लागूऔषध र गाजा तस्करीको मुख्य नाका मध्ये एक भएको बुझिएको बताउदै इन्स्पेक्टर पाण्डेले त्यस्ता गैरकानुनी ओसारपसार निरुत्साहित गर्न चेकजाँचका साथै निगरानी बढाएको बताए । तस्करका नाइकेहरुले सीमावर्ती क्षेत्रका युवाहरूलाई भरियाका रूपमा प्रयोग गर्दै लागूऔषध र गाजाको ओसारपसार गराउदै आएका छन् । खुल्ला सीमा, नेपाली बजारभन्दा भारतीय बजारमा बढी मूल्यमा बिक्री हुँदै आएको हुँदा सुनसरीको विभिन्न नाकाबाट गाजा तस्करी हुने गरेको छ । खुल्ला सीमाको फाइदा उठाउदै गाजा र लागूऔषध कारोबार भएको पाइएको हुँदा त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई चुनौती थपिएको छ । नेपालबाट भारततर्फ गाजा तस्करी हुने गरेको छ भने भारतबाट कोरेक्स, नाइट्रोजनजस्ता नेपालमा प्रतिबन्धित लागूऔषध भित्र्याउने गरिएको छ ।