विजयपुर । धरान-५ देउरालीकाे सिरान क्षेत्र झाेडापाटामा रहेकाे मसाने खाेलामा आएकाे बाढी बस्ती भित्र पसेकाे छ । 

आज बिहान आएकाे बाढीले खाेलाकाे पूर्व पट्टिकाे एक घर बगाउनुका साथै  बस्तिका अन्य धेरै घरहरूका क्षति पुर्याएकाे छ ।  ५ नम्बर वडाका वडाध्यक्ष सन्ताेस लिम्बुका अनुसार खाेला बस्ति भित्र पसी घर भित्रका समान बगाउनुका साथै, अन्न, खाेरसहित कुखुरा, सुगुर, पानीकाे ट्याङ्कीलगायत बस्ति भित्र लगाएकाे बालीमा पनि क्षति गरेकाे छ। 

बाढी बिहान आएकाे हुनाले मानविय क्षति भने हुन नपाएकाे वडाध्यक्ष लिम्बुले बताएका छन् । क्षतिकाे पूर्ण विवरण आइसकेकाे छैन । खाेला पसेकाे स्थानमा धरान-१३ फुस्रेबाट आएकाे ससस्त्र  प्रहरी टाेली र  स्थानिहरूले प्रारम्भिक राेकथामका लागी तटबन्धन गरी रहेका छन् । 

तस्विरहरू ः  खिलानाथ  विश्वकर्मा

2 1 3 1 5 1