धनकुटा / धनकुटामा जारी लकडाउन तथा निषेधाज्ञा सोमवार राती १२ वजे देखी हट्ने जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकको सिफारिस अनुसार जिल्ला प्रसासनले लकडाउन तथा निशेधाज्ञा हटाएको हो । समुदायस्तरमै धनकुटामा कोरोना भाईरस फैलदै गएकाले यसलाई नियन्त्रण गर्न पछिल्लो पटक धनकुटामा चार हप्ता अघि देखी स्थानिय प्रशासनले लकडाउन लगाउदै आएको थियो । लकडाउन तथा निशेधाज्ञालाई धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीको अध्यक्षमा सोमवार वसेको जिल्ला स्तरीय सिसिएमसिको बैठकले निर्णय गर्दै हटाउने सिफारिस गरेको हो ।
लकडाउन तथा निशेधाज्ञा हटेसंगै भाद्र २३ गते देखी नियमित रुपमा धनकुटा जिल्लामा निरन्तर रुपमा व्यापार, व्यावसाय संचालन हुने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।
लकडाउन तथा निशेधाज्ञ हटेपनि धनकुटा जिल्लामा विद्यालय, क्याम्पस संचालन गर्न नपाईने, हाटबजार, सभा सम्मेलन, भेला अन्र्तक्रिया, गोष्टी बैठकहरु पनि संचालन गर्न नपाईने जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । धनकुटा जिल्ला भित्र आन्तरीक रुपमा क्षमताको आधा यात्रु राखेर मात्र सामाजिक दुरी कार्यम गरेर यातायत संचालन गर्ने पाउने जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
निरन्तरको लकडाउन तथा निषेधाज्ञाका कारण व्यापार व्यावसाय ठप्प हुदा चरम आर्थिक संकट भै व्यवसायीहरुले घर भाडा तिर्न नसकेको, बैकको ऋणको किस्ता बुझाउन नसकेको र घर व्यवहार संचालन गर्न समेत ठूलो कठिनाई भएकोले लकडाउन हटाइएको बताइएको छ । सबै सुरक्षा विधि अवलम्वन गर्दै दैनिक व्यापार व्यावसाय संचालन गर्न धनकुटा उद्योग बाणिज्य संघले व्यापारी,व्यावसायी तथा उद्योगीहरुलाई आव्हन गरेको छ ।