विजयपुर । आइतबार राती निरन्तर वर्षा भई मसाने खोलामा आएको बाढी गाउँ पस्दा धरान–५ झोडापाटाको दुई घरमा क्षति भएको छ । त्यसमध्ये एक परिवार विस्थापित भएको छ ।
बाढी गाउँ पस्दा विस्थापित भुमिराज राई ४ जना परिवारसँग दाईको घरमा वसेका छन । राम कुमार लिम्बुको घर सहित ७ वटा सुँगुर बगाएर लगेको छ । उनको ३ लाख ५० हजारमाथि क्षेती भएको वडाध्याक्ष सन्तोष लिम्बूले जानकारी दिएका छन । विक्रम श्रेष्ठको ब्रोइलर र गिरिराज कुखुरा मर्दा ४० हजार बराबरको क्षति भएको छ । धेरै घरपरिवारको ट्याङ्की, साइकल, खाद्यान्न बगाएर लगेको छ ।
अध्यक्ष लिम्बुका अनुसार मसाने खोलाको पुल पनि भत्किन लागेको वताएका छन । झोडापाटा प्रगती टोलदेखि माथिल्लो देउरालीको प्रहरी चौकीसम्मका घरमा पुरै पानी पसेको वताएका छन् । एउटा गाउँमा सामान्य क्षति भएपनि बिहान भएकोले भएपनि मानविय नभएको लिम्बुले जानकारी दिएका छन ।
मसाने खोलाको तटबन्ध राम्रो नहुँदा र खोलाको बहाव क्षेत्र सानो हुँदा बाढी बस्ती पसेको स्थानयवासी गणेशवहादुर तामाङ्ग बताउाँछन् । शसस्त्र प्रहरीको टोली र स्थानियवासीहरुको सहयोगमा खोलाको तटबन्ध निर्माण काम भएको छ । रातीदेखि सामान्य बाढी आएपनि बिहान ५ बजेतिर ठुलो बाढी आएकोले मानविय क्षति हुन नपाएको स्थानिय सुरेन्द्र राईले वताएका छन । उनले भने, ‘राती नै ठुलो बाढी बस्ती पसेकोे भए मानविय दुर्घट्ना हुने थियो ।’
धरान–हर्दिया कृषि सडक निर्माणको लेदो यता आएर पुरिएकाले बाढी गाउ पसेकोे अध्यक्ष लिम्बुले वताए ।