लक्ष्मीमार्ग । उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई पुनः नियुक्त दिन माग गर्दै सोमबार बेलबारीमा शान्तिपूर्ण र्याली निकालिएको छ ।
उज्यालो नेपाल समर्थन बेलबारी नगर समाजले पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै र्याली निकालेको हो ।
पुरानो बेलबारीको दुर्गा मन्दिरदेखि सुरु भएको र्याली मालपोत चोक हुुँदै बजारसम्म पुगेको थियो ।
भौतिक दूरी कायम गर्दै करिब एक सयको सङ्ख्यामा युवाहरू ¥यालीमा सहभागी बनेका थिए । कुलमानलाई पुनः नियुक्ति दिने मन्त्रिपरिषद्ले तयारी गरिसकेको छ भने भदौ २९ गते उनको पदावधि सकिँदै छ ।