ब्लाष्टखबर  । इटहरी उपमहानगरले इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र वराललाई र उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.मनिश शर्मालाई एम्बुलेन्सकाे चावी हस्तान्तरण गरे ।

अहिलेको विषम परिस्थितिमा यी एम्वुलेन्सको प्रयोगबाट इटहरीको स्वास्थ्य सेवालाई सहज बनाउन सहयोग पुग्ने प्रमुख  चौधरीले अपेक्षा व्यक्त गरे । कोभिड संक्रमित विरामीलाई आइसोलेसन सम्म पुर्याउन तथा अस्पताल लैजान एम्वुलेन्स प्रयोग गरिने प्रमुख चौधरीले वताए। आवश्यक प्रक्रिया पूरा गरेर एम्वुलेन्स चाँडै प्रयोगमा ल्याइने अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र बरालले बताए ।