विजयपुर । विद्युत प्राधिकरण वितरण केन्द्र धरान शाखाले स्थापना कालदेखिको कालो सुचिमा परेका ग्राहकको बक्यौता अहिलेसम्म उठाउन सकेको छैन ।
वितरण केन्द्र धरानको कालो सुचिमा रहेका ४ सय उपभोक्ताबाट ८ लाख ४७ हजार २ सय २१ रुपैयाँ ६७ पैसा महसुल उठाउन बाँकी रहेको वितरण केन्द्रका लेखा प्रमुख घनश्याम रुचालले जानकारी दिए ।
वितरण केन्द्रका प्रमुख प्रताप बराल आफ्नो ध्यान त्यहि कालो सुचिमा रहेको बक्यौता उठाउनेमा रहेको बताउँछन् । उनले आफु धरान केन्द्रमा आएपछि १४ जना कालो सुचिमा रहेकाको १ लाख २० हजार रुपैयाँ उठाएको बताए । अब ३ सय ८६ जना कालो सुचिमा परेकाको उठाउन बाँकी रहेको उनको भनाई छ । धेरैले विद्युत महशुल नतिरी मिटर नै छोडेर हिड्ने गरेको उनी बताउँछन् । भन्छन, ‘कालो सुचिमा परेकोलाई ३ पुस्तासम्म मिटर दिँदैनौ ।’
कालो सुचिमा सरकारी निकायदेखि घरेलु उपयोग गर्नेसम्म रहेको उनी बताउँछन् । कालो सूचिमा पर्नेको बक्यौता व्यापारिक वर्ग ३ लाख १४ हजार ३ सय ३२ रुपैया ८० पैसा, घरेलु ग्राहस्त वर्ग ४ लाख ४३ हजार ३ सय ७१ रुपैया ९९ पैसा, औद्योगिक क्षेत्र १६ हजार ६ सय ५६ रुपैया, सरकारी कार्यालयको ५ हजार ६ सय ३९ रुपैया ८८ पैसा र अस्थायी बत्तिको ६७ हजार २ सय २१ रुपैया रहेको छ । उनले यो विधुत प्राधिकरणको रोग नै भएको बताए ।
यो समस्या अहिलेको नभई निक्कै पुरानो हो । केन्द्र प्रमुख प्रताप दाहाल पुरानो भएकाले ग्राहक पहिचान गर्न नै गाह्रो भएको छ । गाह्रो भएपनि निरन्तर लागी परेको उनले बताए । तीन पुस्ताको विवरण हेरेर उठाउने प्रयासमा रहेको उनको भनाई छ ।