पथरी । दुवै मृगौला पीडित मोरङको कानेपोखरी–६ की ४५ बर्षीया फुलमाया तामाङलाई थप उपचारको लागि विदेशबाट सहयोग जुटेको छ ।

शनिबार विहान वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङले सहयोग हस्तान्तरण गरेका छन् । बहराईनबाट १९ हजार र दुबईबाट १४ हजार १ सय ८ गरी जम्मा ३३ हजार १ सय ८ रुपैयाँ रकम हस्तान्तरण गरिएको हो । पूर्वेली समाजको फेसबुक फेजबाट दुवै मृगौला पीडित फुलमायालाई सहयोगको अपिल गरेपछि बहराइन र दुबईमा रहेका नेपालीहरुले रकम संकलन गरी पूर्वेली समाजलाई पठाएका थिए ।

कार्यक्रममा पूर्वेली समाजका सदस्य रोशन तिम्सिनाले औपचारिक कार्यक्रम गरी फुलमायाको बारेमा र पूर्वेली समाजबाट संकलन गरिएको रकमको बारेमा प्रष्टयाएका थिए । कार्यक्रममा स्थानीय नेता भोला अधिकारी, स्थानीय खगेन्द्र तिम्सिना र पूर्वेली समाजका सदस्यहरु भेला भएका थिए ।

दुई महिना अघि कानेपोखरी–६, को उज्वल भविश्य बाल समूहको अगुवाईमा आर्थिक संकलन गरेर १ लाख ५३ हजार ७ सय ५ रुपैया रकम उपचारको लागि हस्तान्तरण गरेका थिए ।

पीडित पत्नीलाई ४६ वर्षीय भीमबहादुर तामाङले हप्तामा दुई पटक डायलासिस गर्न साइकलमा चढाएर घरबाट ४३ किलोमिटर टाढा बिराटनगरसम्म पु¥याउने र ल्याउने गरेको समाचार आएपछि सहयोग जुट्ने क्रम बढेको थियो । दुबै मिर्गौला काम नलाग्ने भएपछि २० महिना यता फूलमायाको विराटनगरको गोल्डेल अस्पतालमा उपचार भईरहेको छ ।