ब्लाष्टखबर । भाेजपुरकाे पौवादुङमा गाउँपालिका-५ स्थित अँधेरी घाटमा ड्युटीमा खटिएको प्रहरीलाई ढुङगा प्रहार गरेको आरोपमा सोही गाउँपालिका-५ लुगुवा बस्ने २६ वर्षीय संगीन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी बुधबार राति पक्राउ परेका हुन् । मादक पदार्थ सेवन गरेका राइले धरानबाट स्कुटर लिएर आउने क्रममा प्रहरीसँग विवाद भएकाे थियाे । नाकाबाट भाेजपुर प्रवेश गर्ने बिषयमा विवाद भएपछि राईले प्रहरी हवल्दारलाई ढुङगा प्रहार गरेकाे प्रहरीले जनाएकाे छ । ढुङगा प्रहारबाट घाइते प्रहरी हवल्दारको बिराट मेडिकल कलेज बिराटनगर मोरङमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।