विराटनगर । र्दुघटनामा परि छाडा चौपायको मृत्यु हुने क्रम बढेपछि यसको नियन्त्रण गर्न १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले चौपायको घाँटीमा ‘रिफेक्टिभ बेल्ड’ बाँध्ने अभियान सुरू गरेको छ ।

प्रदेश ट्रफिक प्रहरीले बिहीबारदेखि छाडा चौपायको घाँटीमा उज्यालो प्रकाश भएको ‘रिफेक्टिभ बेल्ड’ बाध्ने अभियान सुरू गरेको हो ।
यो अभियान प्रदेश १ को राधजानी विराटनगरबाट सुरू भएको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी संन्जिप शर्माले जानकारी दिए ।

‘पछिल्लो समयमा राजमार्गमा सवारी दर्घटनमा परि चौपायको मृत्यु हने क्रममा बढेको छ,’ ट्राफिक प्रहरी प्रमुख एसपी शर्माले भने, ‘दुर्घटना न्यूनिकरण गर्न दिउँसो र रातको समयमा चम्किलो प्रकाश देखिने रिफेक्टिभ बेल्ड चौपायाको घाँटीमा बाध्ने अभियानको शुभराम्भ भएको छ । यो अभियान १४ वटै जिल्लामा पुग्नेछ ।’

उनको अनुसार शुक्रबार सुनसरीको इनरुवामा २७ वटा छाडा चौपायलाईको घाँटीमा रिफेक्टिभ बेल्ड बाधिएको जानकारी दिए । ‘छाडा छोडिएको चौपाय भेटेपछि हामीले उज्यालो प्रकाश भएको बेल्ड घाँटीमा बाधिका छौं,’ एसपी शर्माले भने, ‘घाँटीमा रिफेक्टिभ बेल्ड बाधेपछि सवारी चालकले परैबाट चौपाय देख्न सक्छन् । जसले गर्दा दुर्घटना कम हुनसक्ने हामीले विश्वास लिएका छौं ।’

मोरङबाट सुरू भएको यो अभियान प्रदेश १ को सबै जिल्लामा पुग्ने एसपी शर्माको भनाई छ । इनरुवमा पछि धरान र इटहरीको शहरमा छोडिएको चौपाय घाँटीमा रिफेक्टिभ बेल्ट बाँधिने तयारी गरिएको उनले बताए ।

इनरुवा र विराटनगरमा गरि करिब ६० वटा छाडा चौपायको घाँटीमा रिफेक्टिभ बेल्ड बाँधिएको ट्राफिक प्रहरीले जनाएको छ । छाडा चौपायको घाँटीमा रिफेक्टिभ बेल्ड बाँध्न २ सयको संख्यामा बेल्ड बनाएको छ । यो आवश्यकता अनुसार बढने एसपी शर्माले बताए ।

विराटनगरमा हालसम्म ३० वटा छाडा चौपायको घाँटीमा रिफेक्टिभ बेल्ट बाधिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश कुमार पौदारले बताए । ‘सडकमा छोडिएको छाडा चौपायहरूमा हामीले रिफेक्टिभ बेल्ड बाधिसकेको छौं,’ ट्राफिक प्रहरी निरीक्षक पौदारले भने, ‘अहिले फेरी छाडा चौपायको संख्या बढेको छ । नबाधेको चौपायलाई पुन उज्यालो प्रकाश भएको बेल्ट बाधिदिनेछौं ।’

मोरङ र सुनसरी पछि झापा हुदै अन्य जिल्लाहरूमा पनि क्रमश सुरू हुन्छ । प्रदेशको सबैभन्दा बढी झापा, मोरङ र सुनसरीमा चौपाया दुर्घटनमा परि मृत्यु बढी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

विशेष गरि झापा, मोरङ र सुनसरीको पूव–पश्चिम राजमार्गको जंगलमा चौपाय बढी र्दुघटना हुने गरेको छ । पाँच वर्षमा ३६ वटा चौपाय दुर्घटनामा परि मृत्यु भएको छ भने १८ वटा घाइते भएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।

अघिल्लोे आर्थिक वर्ष ०७५/०७६ मा १० वटा चौपाय दुर्घटनमा परि मृत्यु भएको थियो भने ३ वटा घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी लक्ष्मी अधिकारीले जानकारी दिए । आर्थिक वर्ष ०७६/०७७ मा ११ वटा चौपायको दुर्घटनमा परि मृत्यु भएको र २ वटा घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।