ब्लाष्टखबर । छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ जनाकाे ज्यान गएकाे छ ।
मोरङकाे जहदा-१ बस्ने १७ बर्षीया रबिना ऋषिदेवको आज बिहान ०७ बजे पानीमा डुबेर मृत्यु भएको छ । जहदा मुसहरी टोल स्थित पानी जमेको खाडलमा परी रबिनाको डुबेर मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय बुधनगरमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउन साथ प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी संखुवासभाकाे चैनपुर-४ का ७६ बर्षीय बुद्वी बहादुर लिम्बुको हिजो साँझ साढे ५ बजे खोलामा डुबेर मृत्यु भएको छ । चैनपुर बतासेबाट घर तर्फ आउदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर उनकाे मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी सिद्धपोखरीमा जानकारी गराएका थिए । प्रहरीले कानुनी कारबाही अघि बढाएकाे जनाएकाे छ ।