ब्लाष्टखबर ।  स्याङ्जाकाे वालिङ नगरपालिका वडा नं १४ स्थित तमादीमा पहिरोले एक घर पुरिदा ५ जनाको मृत्यु भएको भने ४ जना बेपत्ता छन् ।

आज बिहान ६ बजे माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर  बेपत्ता भएका एकै परिवारका ९ जना सहित १० जना बेपत्ता भएका थिए । उनिहरू मध्याे ५ जनाकाे शव निकालिएको जिल्ला प्रहरी कार्यालयकाका प्रवक्ता  प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

मृत्यु हुनेहरुमा  २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । भने प्रहरीले  १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गरी उपचारका लागि पोखरा पठाइएको  जनाएका छन् ।

पहिराेमा परि थप चार जना अझै बेपत्ता छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् । माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।