धनकुटा । धनकुटाको चौविसे गाउँपालिकामा एक जनाको करेन्ट लागेर विहिवार मृत्यु भएको छ ।
लत्रिएको विजुलीको पोलको तारमा करेण्ट लागेर मृत्यु हुनेमा चौबिसे गाउँपालिका वडा नं.३ का वर्ष ५६ का भक्तवहादुर दर्जी रहेका छन् ।
चौविसे गाउँपालिका वडा नं.२ स्थित जङ्ग सामुदायिक वनमा भारी वर्षाको कारण ढलेको विजुलीको पोलमा लत्रिएको तार छुँदा दर्जीको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुबकुमार श्रेष्ठले जानकारी दिए । दर्जी सल्लाको दियालो खोज्न वन गएका वेला विहिवार ११ वजे घट्ना घटेको थिए । घट्नापछि उनको सवलाई जिल्ला अस्पताल धनकुटामा ल्याई पोष्टमार्टम गरी आफन्तले शुक्रवार सनाखत गरेका छन ।