उदयपुर । उदयपुरको बेलकामा काठको बलोले टाउँको किच्दा एक जनाको मृत्यु भएको छ ।

बेलका नगरपालिका–२ गिदेरी टोल निबासी १८ बर्षीय प्रेम कार्कीको बलोले किचेर मृत्यु भएको हो ।

स्थानीय सामुदायिक वनबाट घर बनाउनका लागी काठको बलो काँधमा बोकेर फर्कने क्रममा आईतबार दिउँसो साढे १२ बजे एक्कासी चिप्लिएर लड्दा बलोले टाउकोमा किचिएर कार्कीको घटनास्थालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।