विजयपुर । सुनसरीमा पत्रकारिता पेसामा लागेर विभिन्न कारणले विस्थापित हुन लागेका पत्रकारलाई राष्ट्रिय दलित पत्रकार सङ्घले स्थापित गराउन पहल गर्ने भएको छ ।

धरानमा आइतबार दलित पत्रकार सङ्घद्धारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सो कुराको विषयमा छलफल भएको दलित पत्रकार सङ्घ सुनसरीका सचिव बिनोद दर्नालले जानकारी दिए ।

पत्रकार सङ्घ सुनसरीका अध्यक्ष दिनेश गजमेरको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घका केन्द्रिय सदस्यमा सुनसरीबाट मनोनित पत्रकार तारा लामगादेलाई बधाई तथा शुभकामना दिइएको थियो ।

उनले कार्यक्रममा बोल्दै विस्थापित हुन लागेका पत्रकारहरुलाई स्थापित गराउन लाग्ने बताए । त्यस्तै पत्रकार सङ्घकी कोषाध्यक्ष सकुन्तला भुसाल महिला सञ्जाल धरानको कोषाध्यक्षमा चयन भएपछि बधाई तथा शुभकामना दिइएको थियो । भुसालले कार्यक्रममा दलित महिलालाई नेतृत्वमा जान धेरै कठिन भएको आफु कोषाध्यक्षमा चयन हुनका लागि गरिएको पर्यत्नबाट जानकारी भएको बताइन ।