मोरङ/ मोरङ जहदा-५ स्थित ५९ बर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको छ ।
मङ्गलबार साँझ ६ः३० बजे सोही स्थानमा रहेको नहरको पानीमा महतोको डुबेर मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटाइ घटना सम्बन्धमा अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।