ब्लाष्टखबर । बुधबार अपरान्हबाट बेपत्ता भएकी खोटाङ केपिलासगढि-२ कुदुङ बस्ने-६० बर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन ।
बुधबार अपरान्ह ५ बजे उनि घरबाटै हराएको भन्दै आफन्तले प्रहरी चौकी खार्ताम्छामा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ आफन्त सहित खोजतलासमा खटिएको प्रहरी टोलीले बिहीबार बिहान ८ बजे उनकै घर देखी करिब १२ सय मिटरमा रहेको तापखोलाको बगरमा ठकुरीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
उनको शव बगरको ढुङगामा अड्किएको अवस्थामा रहेको र घटना सम्बन्धमा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।