बेलबारी । मोरङको भाउन्नेमा सनिवार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
धरानबाट काकडभिट्टा जाँदै गरेको को १ ख ५०७९ नम्बरको यात्रुबाहक बस बेलबारी १० स्थीत पुर्व पश्चिम राजमार्गमा अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।
घाइतेको बिराटनगर स्थीत न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पतालको अनुसार पथरी निवासी घाइते रमेश न्यौपानेको अवस्था जटिल रहेको र अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।