धरान । धरान उपमहानगरपालिका वडा नं. १५ स्थित त्रिवेणी मार्गमा आज मंगलबार स्कुटर र मिनि ट्याक्टर ठोक्किदा धरान १४ पिण्डेश्वर पथका २५ वर्षीय गोकुल तामाङको मृत्यु भएको छ ।
प्रहरीका अनुसार उनी को ३० प १२९६ नम्बरको स्कुटर पछाडि बसेका थिए । को १ च ८८०१ नम्बरको मिनी ट्याक्टरसँग स्कुटर ठोक्किएपछि गम्भीर घाइते बनेका तामाङलाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मिनि ट्याक्टर चालक तुलसी बि.क. नियन्त्रणमा रहेको साथै स्कुटर चालक सुस्मन मैनाली सामान्य घाईते भएको प्रहरीले जनाएकाे छ ।