उर्लाबारी । लकडाउन पालना गराउन २०७६ चैत्र ११ गते देखि २०७७ जेष्ठ मसान्त सम्म सडकमै दैनिकी बिताउने उर्लाबारीका नगरपालिकाका नगर प्रमुख खड्ग फागो पनि कोरोना संक्रमित बनेका छन ।

लक डाउन शुरु भए देखि घर पनि छुट्टै स्थानमा बसेका कारण परिवारका सदस्यहरू भने हाल सम्म कोरोना संक्रमणबाट सुरक्षित रहेकाे पारिवारीक स्रोतले जनाएको छ ।

केही दिन अघि नगर प्रमुख फागोका सवारी चालक ईन्द्र आपागाई“ कोरोना संक्रमित बनेपछि स्वाबको नमुना दिएर उनि घरमै क्वारेनटाईनमा बसेका थिए । शनिबार नगर प्रमुख फागो सहित स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्काको स्वाब“ परिक्षणको नतिजा पोेजेटिभ आएपछि कोरोना संक्रमण पुष्टी भएको हो ।

उर्लाबारीको समुदायमा संक्रमणको अवस्था प्राय शुन्य रहेको अवस्थामा नगरपालिका प्रमुख फागो, स्वास्थ्य शाखाका सह–संयोजक खड्का र सवारी चालक आपागाई“ सहित उर्लाबारीमा स्थायी घर भई अन्यत्र क्षेत्रमा कार्य गर्ने र क्वारेनटाईनमा भएका दुई दर्जन बढी संक्रमित बनेका तथा नगरको वडा नं.–२ मा अस्पतालमा उपचार गराउन गएकी एक बृद्धाको संक्रमणका कारण निधन भएको नगरपालिकाले जनाएको छ ।

उर्लाबारीमा कोरोना संक्रमणको जोखिम झनै बढेकाले सबैलाई सचेत नगर प्रमुख फागोले आग्रह गर्दै कोरोना संक्रमणलाई जितेर आफू चाँडै नै जनताको काममा फर्कने आश्वसन नगरबासीलाई दिएका छन ।