भद्रपुर / प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय झापाले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यालयले ६५ औँ प्रहरी दिवसमा शुक्रबार विहान आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट प्रहरी, अमर प्रहरीका परिवार, जग्गादाता र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततिलाई सम्मान गरिएको हो । कार्यक्रममा उत्कृष्ट कर्मचारी मा उदय शम्शेर राना,दीपबहादुर बानियाँ, शुभराज राई, जानुका चौहान, राजेश श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ ,साजन कार्की, मनकुमार सुहाङ रहेका छन् ।
यसैगरी गौरादहमा प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने गौरादह नगरपालिकाका रत्नबहादुर श्रेष्ठ, डम्बरकुमारी ढुङ्गेल खरेल, सकुन्तला देवी महतो,केसिया शाह र शारदा देवी सिटौलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा १ नं प्रदेश प्रहरी कार्यालयले स्थापना गरेको प्रहरी सन्तति जेहेन्दार पुरस्कारबाट हरिबहादुर थापाकी छोरी दुर्गा थापा र पूर्व प्रहरी हवल्दार जीवन ढकालका छोरा सुरज ढकाललाई १० हजार नगदसहित सम्मान गरिएको थियो । कृष्णप्रसाद कोइरालाले बताए । कार्यक्रममा ४५ जना अमर प्रहरी परिवारका सदस्यलाई सम्मान गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले स्वागत गरेको कार्यक्रममा पूर्व प्रहरी सङ्घका अध्यक्ष खेमराज कार्कीले शुभकामना मन्तव्य राखेका थिए । झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको प्रमुख आतिथ्य एवम जिल्लाका एसपी कृष्ण प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा इन्सपेक्टर होमराज दाहालले सञ्चालन गरेका थिए ।