ब्लाष्टखबर । धरानमा काेराेना महामारीकाे जाेखिम उच्च हुदैँ गएपछि करिब २ महिना देखि बस्न नसकेकाे उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बसेकाे छ ।
आज बसेकाे कार्यपालिका बैठकले खानेपानी संस्थानलाई कार्तिक २६ गते खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गर्ने निर्णय गरेको कार्यपालिका सदस्य तथा ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले जानकारी गराएका छन् । यसअघिका नगरसभा र कार्यपालिका बैठकले मर्ज गर्ने निर्णय गरेकाे भएपनि ति दुबै निर्णय कार्यान्यन हुन सकेकाे थिए ।
यसै गरी बैठकले चालु आर्थिक बर्षको दररेट पनि निर्धारण गरेको छ । ढुंगा, गिट्टी, बालुवा, रड, सिमेन्टलगायतको दररेट निर्धारण भएसंगै योजनाहरु अघि बढाउन सहज भएको अर्का कार्यपालिका सदस्य तथा वडा नम्बर १८ का अध्यक्ष भट्टराईले बताएका छन्।
त्यस्तै , उपमहानगरकाे १३ नम्बर वठामा रहकाे बीपी पार्क र १७ नम्बर वडामा रहकाे सप्तरङ्गी पार्क लगायतका पार्कहरूलाई विकास गर्न सँस्कृति तथा नागरिक उड्यायन मन्त्रालयमा पठाएको प्रस्तावलाई बैठकले अनुमोदन गर्नुका साथै धरान १७ स्थित एन्फा क्वारेन्टिनलाई न्युनतम मापदण्ड पुरा गरेर आइसोलेसन बनाउने पनि निर्णय बताइएकाे छ ।